काठमाडौं । गुल्मीमा भएको जिप दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । सत्यवती गाउँपालिकाको कुटडाँडामा बुधबार बिहान साढे २ बजेतिर ठूलो लुम्पेकदेखि कुटडाँडा जाँदै गरेको लु ३ च ५३४० नम्बरको जिप दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक माधवराज खरेलका अनुसार दुर्घटनामा परेर जिपका धनीसहित पाँच जनाको मृत्यु भएको हो ।
मृतकको पूर्ण विवरण आइनसकेको उनको भनाइ छ । घाइते ४ जनालाई उपचारको लागि पाल्पा पठाइएको छ ।


