काठमाडौं । शुक्रबार गृह मन्त्रालयले १६ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित २५ जना सहसचिवहरुको सरुवा गरेको छ ।
सरुवाको सूची अनुसार सहसचिव प्रेम प्रसाद भट्टराई मन्त्रालयबा मोरङको सिडिओमा सरुवा भएका छन् । अर्थ मन्त्रालयबाट गृहमा पुगेका आनन्द काफ्ले गृहबाट पाल्पाको सिडिओ बनेका छन् ।
राष्ट्रिय परिचयपत्र तथा पन्जिकरण विभागका महानिर्देशक झक्क प्रसाद आचार्य सिन्धुपाल्चोक सरुवा भएका छन् । जयनारायण आचार्य मन्त्रलायबाट सुनसरीको सिडिओमा सरुवा भएका छन् ।