काठमाडौं । चीनमा एमबिबिएस अध्ययनका लागि भर्ना भएका, तर कोभिडका कारण समस्यामा परेका विद्यार्थीले नेपालमै इन्टर्नसिपलगायतको कोर्स सम्पन्न गर्न पाउने भएका छन् । नेपाल मेडिकल काउन्सिलले २०१६ ब्याचका विद्यार्थीको पढाइ अवधि र इन्टर्नसिप सम्बन्धमा चिकित्सा शिक्षा आयोगको सहमतिमा यो निर्णय गरेको हो ।
काउन्सिलले आइतबार स्वास्थ्य मन्त्रालयलाई चीनका विभिन्न विश्वविद्यालयमा भर्ना भएका विद्यार्थीको पढाइ अवधि र इन्टर्नसिप सम्बन्धमा चिकित्सा शिक्षा आयोगको सहमतिमा सहमति प्रदान गरेको पत्र पठाएको हो । काउन्सिलले उनीहरूका विषयमा चारबुँदे निर्णय गरेको छ ।
काउन्सिलको निर्णयअनुसार विद्यार्थीको अपुग प्रयोगात्मक अभ्यास एक वर्ष तथा एक वर्ष इन्टर्नसिप गरी जम्मा दुई वर्षको चिकित्सकीय अभ्यास तथा तालिमको व्यवस्था गर्ने जनाइएको छ ।


