काठमाडौं । आज जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यकारिणी समितिको बैठक बस्दै छ । जसपाका प्रवक्ता मनिष सुमनले आज ११ बजे पार्टी कार्यालयमा बस्ने बैठकमा मुख्यगरी देशको समसायिक राजनीतिक अवस्था, राष्ट्रपति, उपराष्ट्रपतिको चुनाव, विधान अधिवेशन, लगायतको विषयमा छलफल हुने बताए ।
जसपाले उपराष्ट्रपतिमा दावी गर्दै आइरहेको छ । सत्ता गठबन्धनमा उपराष्ट्रपति माओवादी केन्द्रको भागमा परेकाले जसपाले उपराष्ट्रपतिले पाउने नपाउने टुंगो छैन । फागुन २५ मा राष्ट्रपति र चैत ३ मा उपराष्ट्रपतिको चुनाव हँुदैनछ । राष्ट्रपति र उपराष्ट्रपति चुनावमा पार्टीका भूमिकाबारे छलफल हुनेछ ।


