काठमाडौं । मन्त्री हुनेको नाम टुंग्याउन जसपाको बैठक सिंहदरबारस्थित जसपा संसदीय दलको कार्यालयमा जारी छ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तारको तयारी गरेपछि जसपाले आज मन्त्रीको नाम टुंग्याउन लागेको हो ।
बैठकमा अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईबीच छलफल भइरहेको छ ।
जसपाले चार मन्त्रालय पाउने निश्चित छ । आकांक्षी धेरै भएपछि कसलाई मन्त्री बनाउने भन्नेमा जसपामा सकस छ । उपेन्द्र यादव र बाबुराम भट्टराईले सकेसम्म आफ्नो गुटबाट धेरैलाई मन्त्री बनाउन खोजेकै कारण बैठकमा निर्णय दिन गाह्रो भएको बुझिएको छ ।