काठमाडौं । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग वरिष्ठ नेता रामचन्द्र पौडेलले तीन मन्त्री मागेका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा बुधबार बसेको शीर्ष नेताहरूको बैठकमा पौडेलले आफ्नो पक्षलाई तीन मन्त्री दिनुपर्ने माग गरेका हुन् ।
देउवाले भने पौडेल पक्षलाई तीन मन्त्री दिन नसकिने जवाफ दिएका छन् । माग सम्बोधनमा देउवा गम्भीर नभएको भन्दै पौडेलसहित महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंह बालुवाटारबाट बाहिरिएका छन् ।
देउवाले आफूनिकट तीन मन्त्री र एक राज्यमन्त्री बनाइसकेका छन् । मन्त्री बनाउँदा सल्लाह नगरेको भन्दै पौडेल पक्ष रुष्ट बन्दै आएको छ ।