काठमाडौं । शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल डिल्लीबजारबाट पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आज उनलाई पक्राउ गरेको हो।
नेपाल राष्ट्र बैंकको जाहेरीका आधारमा दर्ता भएको दीपक भट्टसमेत जोडिएको बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको मुद्दामा फरार रहेका अग्रवाललाई पक्राउ गरिएको हो।
पक्राउ परेका अग्रवाललाई आवश्यक कानुनी कारबाहीका लागि उच्च अदालत पाटनमा उपस्थित गराइएको सीआईबीले जनाएको छ।


