काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश सरकारको नेतृत्व आफ्नो पार्टीको प्राथमिकतामा नरहेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा पुष्पलालको स्मृति दिवसमा आयोजित कार्यक्रममा प्रचण्डले प्रदेश सरकारमा नगए पनि वामपन्थी सहकार्य हुने बताएका हुन् । ‘हामीलाई सरकार चाहिएको छैन, कांग्रेस एमालेले आलोपालो गर्नुस्, हामी बाधा दिँदैनौं । फेरि प्रदेश सरकारमा भएपछि वामपन्थी सहकार्य हुने, सरकारमा नभए नहुने जस्तो होइन । सरकारमा भए पनि नभए पनि हुन्छ,’ प्रचण्डले भने ।
सरकार चलाइराख्नुस् भन्दाभन्दै कांग्रेसमा देखिएको ‘रडाको’ले बजेट पास गर्नै नसक्ने स्थिति आएपछि प्रदेश नै बर्बाद हुन नदिने बाध्यता आएको उनको भनाइ छ ।


