काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देश बनाउने कुरामा कोही पनि इमान्दार बन्न नसकेको टिप्पणी गरेका छन् ।
पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले मंगलबार अनेरास्ववियू काठमाडौं जिल्ला कमिटीद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै
यस्तो बताएका हुन् ।
उनले भने, ‘त्यो समस्यामध्ये पहिलो भनेको हामी बन्नुपर्ने जति इमानदार बन्न सकेका छैनौं । हामी देश बनाउने भावनाले ओतप्रोत भइसकेका छैनौं । हामी आफूलाई मात्रै केन्द्रविन्दुमा राख्ने गरेका छौं । देश र जनतालाई केन्द्रविन्दुमा राख्न सकेका छैनौं । देश र नेपाली स्वतन्त्रतामा आँच आयो भने त्यो स्वीकार्य हुँदैन ।’
उनले धेरै ठूलो मेहनत गरेर बनाएको संविधानले धेरै अधिकार दिएको बताए ।


