काठमाडौं । दुवईमा भइरहेको आईसीसी यू–१९ विश्वकप एसिया छनोटमा आज नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।
मंगलबार अमजानस्थित मलेक क्रिकेट ग्राउण्ड–२ मा नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ नेपाल र मलेसियाबीचको खेल हङकङबीचको खेल हुने कार्यतालिका रहेको छ । छनोट प्रतियोगिता नेपालले यसअघिका तीन वटै खेल जितेको छ ।
नेपालले पहिलो खेलमा सिंगापुरलाई ९६ रनले पराजित गरेको थियो । यस्तै दोस्रो खेलमा कुवेतलाई २४३ रनको फराकिलो अन्तरले पराजित गरेको । तेस्रो खेलमा नेपालले हङकङलाई ९ विकेटले पराजित गरेको थियो ।
मलेसियाले भने तीन खेल खेल्दा जम्मा एक खेल जितेको छ । दुई खेलमा पराजित भएको थियो ।


