काठमाडौं । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा नेपालले नामिबियाको तेस्रो विकेट लिएको छ। टस हारेर बलिङ गरिरहेको नेपालले तीन विकेट लिएको हो।
१०.४ ओभरमा नेपाल लागि कप्तान रोहित पौडेलले नामिबियाका जान फ्रिलिंकको विकेट लिएका छन्।
यस अगाडि कप्तान पौडेलकै बलमा नामिबियाका जेपी कोट्जीलाई विवेक यादवले क्याच आउट गराएका हुन्। उनले १ छक्का प्रहार गर्दै ११ रन बनाए।
त्यस अगाडि करण केसीले पहिलो विकेट लिएका थिए। केसीको बलमा नामिबियाका माइकल भान लिंगेनलाई गुलसन झाले क्याच आउट गरेका हुन्। उनले १९ बलमा १ छक्का र २ चौका प्रहार गरेर २० रन बनाएका थिए। नामिबियाले १२ ओभरमा ३ विकेटको क्षतिमा ८४ रन बनाएर खेलिरहेको छ।