काठमाडौं । आज दिउँसो १ बजे न्याय परिषद्को बैठक बस्दै छ। न्यायाधीश नियुक्तिलगायतका विषयमा छलफल र निर्णय गर्न बैठक बोलाइएको हो।
प्रधानन्यायाधीश अध्यक्ष रहने परिषद्मा कानुनमन्त्रीसहित अन्य चारजना सदस्य रहने कानुनी व्यवस्था छ। कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा बैठक बस्नेछ।
बैठकमा न्यायाधीशमाथिको छलफल, उजुरी, छानबिन लगायतका विषयमा पनि छलफल हुने बुझिएएको छ। हाल उच्च अदालतमा ठूलो संख्यामा न्यायाधीशहरुको दरबन्दी रिक्त छ। यस्तै, सर्वोच्च अदालतमा पनि न्यायाधीशको दरबन्दी रिक्त छ।


