काठमाडौं । आज प्रदेश नम्बर–१ का पहाडी भूभागमा केही बदली भइरहेको छ । देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव छैन ।
आज दिउँसो पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । राति प्रदेश–१ का पहाडी भूभागमा आंशिक बदली रहनेछ ।


