काठमाडौं । आजबाट गण्डकी प्रदेशको राजधानी पोखारामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता औपचारिक रुपमा शुरु हुँदैछ ।
विशेष समारोहकाबीच उप–राष्ट्रपति नन्दबहादुर पुनले पोखरा रंगशालामा शुक्रबार दिउँसो ४ बजे नवौं राष्ट्रिय खेलकुदको उद्घाटन गर्ने आयोजकले जनाएको छ । । राष्ट्रपति विद्यादेवी भण्डारी अस्वस्थ्य भएपछि उपराष्ट्रपतिले नवौंको उद्घाटन गर्न लागेका हुन् । नेपाली खेलकुदको कुम्भमेला मानिने राष्ट्रिय खेलकुदको नवौँ संस्करणको उद्घाटनमा ओलम्पियन टिका बहादुर बोगटीले ओलम्पिक फ्लेम प्रज्वलन गर्ने छन् । मार्चपास, झाँकी, गीत, नाचगान लगायतको कार्यक्रम रहेको छ ।
कोभिड महामारी लगायत विविध कारणले ४ वर्षपछि राष्ट्रिय खेलकुद हुन लागेको हो ।
प्रतियोगतामा ११ टिमका ६ हजार १ सय ५७ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । जसमा ४ सय ४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ ।


