काठमाडौं । आज प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेटमा आज कोशी र सुदुरपश्चिम भिड्दै छन् ।
खेल बिहान ११ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने आयोजकले जनाएको छ । ।
कोशी पहिलो क्वालिफायर खेलमा एपीएफसँग पराजित भएको थियो । सुदूरपश्चिमले एलिमिनेटर खेलमा बागमती प्रदेशलाई पराजित गरेको थियो । फाइनल प्रवेशका लागि दुवै टोली आज जित्ने लक्ष्यसहित मैदान उत्रन लागेका हुन् ।
आजको खेल जित्ने टोलीले उपाधिका लागि पर्सी एपीएफसँग प्रतिस्पर्धा गर्नेछ ।


