काठमाडौं । सत्तामा रहेका दलबाट साझा उम्मेदवार बनेकी भरतपुर महानगरपालिकाकी मेयर उम्मेदवार रेनु दाहालले दोस्रोपटक पनि आफ्नो जितलाई कसैले रोक्न नसक्ने दावी गरकी छिन् । उनले आफूले भरतपुरमा पहिलो कार्यकालमा गरेको कामका आधारमा आफूले जित्ने दाबी गरेकी हुन्।
उम्मेदवारी दर्तापछि पत्रकारहरुसँग कुरा गर्दै दाहालले आफू परीक्षण भएर आएकाले जित्ने आधार प्रशस्तै भएको बताइन्।
‘हामीले भरतपुर महानगरलाई समृद्ध बनाउनका लागि सोचेको भन्दा धेरै विकास गरेका छौं, उनले भनिन्, भरतपुरवासीको ठूलो विश्वास जितेको छु। पाँच वर्ष परीक्षण भएर आइसकेको हुँदा जितका आधार प्रशस्तै छन्।’
उनले आफूहरु गठबन्धनको आधिकारिक उम्मेदवार भएको भन्दै बागी उम्मेदवारीले खासै असर नगर्ने बताइन्।
‘