काठमाडौं । सप्तकोशी नगरपालिका सप्तरीका तत्कालीन निमित्त कार्यकारी अधिकृत राजेन्द्रप्रसाद दाहाल भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । उनलाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो ।
अदालतले अधिकृतसँगै इन्जिनियर सुदिप चौधरी र सव–इन्जिनियर रामकान्त चौधरी र निर्माण कम्पनीका ३ जनाको भ्रष्टाचार मुद्दा दोषी ठहर गर्ने फैसला सुनाएको हो। विशेष अदालतका न्यायाधीशहरु खुशीप्रसाद थारु, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठको इजलासले आज सोमबार भ्रष्टाचारी ठहर गर्दै कैद र जरिवाना पनि सुनाएको छ।
विशेषले कार्यकारी अधिकृत राजेन्द्रप्रसाद दाहाल, सुदीप चौधरी, रामकान्त चौधरीलाई जनही ४ लाख ९९ हजार, सोही बराबर जरिवाना भ्रष्टाचार निवारण ऐन अनुसार ठहर हुने फैसलामा भनेको छ। त्यस्तै उनीहरुलाई जनही ३ महिना कैद पनि हुने फैसलामा भनेको छ। त्यसैगरी निर्माण कम्पनीका सञ्चालकहरु श्यामकान्त चौधरी, नारायणप्रसाद यादव, राजकुमार यादवलाई जनही ४ लाख ९८ हजार रुपैयाँ विगो, सोही बराबर जरिवाना असुल गर्ने भनेको छ।