काठमाडौं । मनसुन सुदूरपश्चिम प्रदेशमा प्रवेश गरेकाले देशैभरि नै मनसुनी वायुको प्रभाव थप सक्रिय भएको छ । मौसम विभागका अनुसार मंगलबारदेखि बिहीबारसम्म मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक आइपुग्ने सम्भावना रहेकाले मनसुन थप सक्रिय हुने भएको हो ।
मंगलबारबाट देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको हुनेछ । प्रदेश–१, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका तराई तथा पहाडी भूभागका तथा मधेस प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।


