काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार लाख घुससहित उपसचिव, इन्जिनियर र लेखापाललाई रंगेहात पक्राउ गरेको छ ।
ग्रामीण सडक सुधार आयोजना, आयोजना कार्यान्वयन इकाई, झापामा कार्यरत कर्मचारीहरू आयोजना व्यवस्थापक हुतराज चौहान, इन्जिनियर रवीन्द्रकुमार शर्मा, लेखापाल हिमाल पौडेललाई सडक निर्माण कार्यको अन्तिम बिल भुक्तानीका लागि सहजीकरण गरेबापत ४ लाख रुपैयाँ घुस लिएको अभियोगमा पक्राउ
गरेको अख्तियारले जनाएको ।
अख्तियारको टोलीले उनीहरूलाई घुस लिइसकेको अवस्थामा कार्यालयबाटै नियन्त्रणमा लिएको हो। उनीहरूमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
