काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल देवभूमि भएको बताएका छन् । पूर्व प्रधानमन्त्री उनले बुधबार बागलुङको पञ्चकोटमा आयोजित महायज्ञमा ले ‘वैदिक सनातन तथा बौद्ध धर्म र धार्मिक स्थलको संरक्षण’ विषयक सम्मेलनलाई सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन् । ।
उक्त अवसरमा उनले सबै धर्मको सम्मान गर्ने राज्य बनाउने समेत उनले बताए । ओलीले नेपालमा बेदको रचना भएको, बुद्ध जन्मेको, राम र सीताको जन्म भएको र शिवपार्वतीको निवास भएकोले धार्मिक क्षेत्रको रुपमा परिचित भएको बताए । ‘नेपाल देव भूमि, ज्ञान भूमि, तपो भूमि, ध्यान भूमि र पुण्य भूमि हो,’ ओलीले भने, ‘यो शान्ति भूमिलाई खलबल्याउन खोज्ने तत्वबाट हामी सचेत बन्नुपर्छ ।’ पछिल्लो समय राजनीतिमा समेत धार्मिक समूह र साम्प्रदायिक हिंसा भड्काउन खोजिएको उनको आरोप छ ।


