काठमाडौं । जनकपुरबाट भैरहवातर्फ जाँदै गरेको यात्रुबाहक रात्रि बस भैरहवा–परासी हुलाकी राजमार्ग खण्डमा दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । लु २ ख ३८४१ नम्बरको बस आइतबार बिहान पौने ५ बजेतिर भैरहवा नजिकैको रोहिणी खोलाको पुलबाट तल खोलामा खस्दा ९ जनाको मृत्यु हुनुका साथै र करिब ३ दर्जन यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।
सुरक्षाकर्मी र स्थानीयको उद्धारमा सबै घाइते यात्रुलाई उद्धार गरी अस्पतालमा पुर्याइएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक केशव केसीले तीनवटा जेसीभीको माध्यमबाट दुर्घटनामा परेको बसलाई पल्टाएर यात्रुको उद्धार गर्ने क्रम जारी रहेको बताए ।