काठमाडौं । सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनभित्र राष्ट्रियसभा अध्यक्ष पदमा सहमति हुने बताएका छन् । पूर्व प्रधानमन्त्री नेपालले आज चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन् ।
राष्ट्रियसभा अध्यक्ष पदमा सत्ता रुढ दल नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले आ(आफ्ना उम्मेदवार उठाउने दावी गरेका छन्। राष्ट्रियसभा अध्यक्षका लागि फागुन २९ गते निर्वाचन हुँदैछ।
अध्यक्ष नेपाल भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन सत्रमा सहभागी हुन चितवन पुगेका हुन्।


