काठमाडौं । लोकसेवा आयोगले सहसचिव र उपसचिवको विज्ञापन प्रकाशन गरेको छ । आयोगले आज विज्ञापन खोलेको हो ।
आयोगले नेपाल प्रशासन,नेपाल इन्जिनियरिङ,परराष्ट्र,स्वास्थ्य,शिक्षा,नेपाल लेखापरीक्षण र नेपाल वन सेवातर्फको विज्ञापन प्रकाशन गरेको हो।
आयोगले कार्यक्षमता मूल्यांकनद्धारा हुने बढुवा, आन्तरिक प्रतिस्पर्धा र खुल्ला प्रतिष्प्रर्धाबाट पदपूर्ति गर्न लागेको हो । आयोगको २४ असोजको निर्णय अनुसार यी पदहरुमा पदपूर्ति गर्न विज्ञापन प्रकाशित गर्ने निर्णय भएको बुझिएको छ ।
