काठमाडौं । जितपुर सिमरा उपमहानगरपालिका–३ का वडाध्यक्ष तारा कार्की पाँच लाख घुससहित पक्राउ गरेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीले पक्राउ गरेको हो ।
प्रहरीले कार्कीलाई जितपुरको जैसवाल होटलबाट पक्राउ गरिएको जनाएको छ।
इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रदीप क्षेत्रीले सडक बनाउने क्रममा उनले स्थानीय राजन उप्रेतीसँग घुसबापत पाँच लाख नगद रकम लिएको बताए।