काठमाडौं । जनमत पार्टीकी नेतृ अनिता साह संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेसँगै सामान्यमा सचिव पनि फेरिएका छन् । बुधबारको मन्त्रिपरिषदको बैठकले विनोद सिंहलाई सामान्य प्रशासन मन्त्रालयको सचिवमा सरुवा गरेको हो । मन्त्रालयका सचिव कृष्णहरि पुष्करलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइएको छ ।
यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी थिए ।


