काठमाडौं । वैदेशिक रोजगार बोर्डले चालु आर्थिक वर्षको ८ महिनामा ५० करोड भन्दा बढी सहायता प्रदान गरेको छ
बोर्डले बुधबार सञ्चारकर्मीहरुसँग काठमाडौंमा गरेको अन्तरक्रियामा यस्तो जानकारी दिइएको हो । बोर्डले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका कामदारको मृत्यु भएका परिवारलाई, अंगभंग भएका कामदारलाई, कामदारको परिवारलाई औषधि उपचारका लािग, उद्धार गर्न, शव झिकाउन, मृतकको ठेगानासम्म शव पठाउन सहायता गर्दै आएको छ । बोर्डका निर्देशक एवं सूचना अधिकारी राजन पौडेलका अनुसार २ हजार १४ जनालाई ५० करोड ७१ लाख ९४ हजार १ सय रुपैयाँको सहायता प्रदान गरिएको छ ।
वैदेशिक रोजगार छात्रवृत्ति सहायताका लागि विभिन्न ५१ वटा जिल्लाबाट प्राप्त भएका २ हजार २ सय १६ निवेदन मध्ये ३३ जिल्लाका १ हजार ५ सय १४ जना छात्ररछात्रालाइ छात्रवृत्ति सहायता बापत रू १ करोड ४५ लाख २४ हजार रूपैयाँ शिक्षा विकास तथा समन्वय इकाइ मार्फत सम्वन्धित छात्ररछात्रा वितरण गर्नका लागि वैदेशिक रोजगार छात्रवृत्ति संचालन कार्यविधि, २०७१ को दफा १० बमोजिमको निर्देशक समितिबाट निर्णय भएको वैदेशिक रोजगारीमा जाने तथा स्वदेशमानै स्वरोजगार हुन चाहाने ५७०० जनालाइ निशुल्क सीपमुलक तालिम प्रदान गर्नका लागि सिटिइभिटि अन्तर्गतका २१ वटा आंगिक क्याम्पसहरूसंग ७ करोड २८ लाख ३९ हजार रकम बराबरको सम्झौता गरीएको साथै थप ४७०० जनालाइ सिटिइभिटिको सम्वन्धन प्राप्त निजि संस्थामार्फत निशुल्क तालिम प्रदान, वैदेशिक रोजगारीमा गएका कामदारहरूलाइ कार्यस्थलमा आइपर्ने स्वस्थ्य सम्वन्धी समस्याहरू सम्वन्धमा परामर्श उपलव्ध गराउनकालागि टेली मेडिसीन सेवा संचालन कार्यविधि, २०७९ स्वीकृत भइ कार्यान्वयनको चरणमा रहेको सचिवालयका सेवाहरू स्थानीय तहबाट समेत प्रदान गर्नका लागि बोर्ड सचिवालयको अनलाइन सुचना प्रणालि प्रयोगका लागि सुचिकरण भएका विभिन्न ९४ वटा स्थानीय तहका सम्पर्क अधिकृतलाइ नेपालगंज, बाँके तथा चितवनको सौराहामा २ दिने प्रशिक्षण तथा अन्तर्क्रिया कार्यक्रम संचालन गरिएको निर्देशक पौडेलले बताए ।


