काठमाडौं । आज बसेको संसदीय सुनुवाइ समितिले महालेखा परीक्षकमा सिफारिस भएका तोयम रायालाई सर्वसम्मतिले अनुमोदन गरेको छ।
समितिका सभापति पशुपतिशमशेर जबराले प्रस्तावित महालेखा परीक्षकमा रायाको नाम सर्वसम्मतिले अनुमोदन गरेको बताए।
संवैधानिक परिषद्को गत चैत १८ गतेको बैठकले रायालाई महालेखा परीक्षक पदमा नियुक्तिका लागि सिफारिश गर्ने निर्णय गरेको थियो। यसअघिका महालेखा परीक्षक टंकमणि शर्माको कार्यकाल गत जेठ ७ मा सकिएपछि उक्त पद रिक्त थियो।
