काठमाडौं । सरकारले गत राति जाजरकोटमा आएको विनासकारी भूकम्प प्रभावितको खोजरउद्धार र राहत व्यवस्थापनका लागि तत्काल १० करोड रुपैयाँ पठाउने निर्णय गरेको छ । शनिबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले अनुसार विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत हाललाई उक्त रकम पठाउने निर्णय भएको बताए । उनका अनसार यो रकम जिल्ला विपद् व्यवस्थापन समितिमार्फत खर्च हुने छ ।
बैठकमा सुरक्षा निकायका अधिकारीहरु सहभागी थिए ।


