काठमाडौं । उच्च अदालत पाटनले यौन शोषण गरेको अभियोगमा सरकारी इञ्जिनियर हरिकुमार पोखरेललाई थुनामै राख्न आदेश दिएको छ ।
मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक इञ्जिनियर पोखरेललाई काठमाडौं जिल्ला अदालतले जर्बजस्ती करणी मुद्धामा पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
काठमाडौं जिल्ला अदालतको फैसला उपर चित्त नबुझेर उच्च अदालत पाटनमा पुगे । पोखरेललाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको इजलासले गत भदौमा पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको थियो । उक्त आदेशविरुद्ध पोखरेलले उच्च अदालतमा रिट निवेदन दायर गरेका हुन् ।
पोखरेललाई गत १ साउनमा प्रहरीले पक्राउ गरेको थियो । जिल्ला अदालतले उनलाई थुनामा पठाएकोमा त्यसविरुद्ध उनी उच्च गएका थिए । उच्चले पनि थुनामा पठाउने आदेश दिएको हो ।