काठमाडौं । नेकपा एमालेका युवा नेता तथा समाजसेवी टपिन्द्र तिमल्सिना सुनकोशी गाउँपालिका अध्यक्षमा सिफारिस भएका छन् । निरन्तरको छलफलपछि शनिबार एमालेले आफ्नो स्थानीय तहका उम्मेदवारबारे टुंगो लगाएको हो ।
एमाले वागमती प्रदेश कमिटी सदस्य रहेका तिमल्सिना विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय थिए । उनले पार्टीले आफूलाई अध्यक्षको टिकट दिएमा आफ्नो विजय सुनिश्चित रहेको दावी गर्दे आएका थिए ।
शनिबार “समृद्ध नेपाल सुखी नेपाली बनाउने अभियानमा सबै नेपाली लागौं सूर्य चिह्नमा मतदान गरी नेकपा एमालेलाई विजय गराऔ” भन्ने मूल नाराका साथ नेकपा एमाले पांग्रेटार–काठमाडौ सम्पर्क मञ्च सुनकोसी ७ ले आगामी बैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनलाई लक्षित गरेर आयोजना गरेको कार्यकर्ता भेटघाट तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्दे आफू नेकपा एमालेको सच्चा र इमान्दार कार्यकर्ता भएको उल्लेख गर्दै अध्यक्षको स्वभाविक दाबेदार भएको बताएका थिए । उनले आफू निर्वाचित भएमा सुनकोशी गाउँपालिकालाई भ्रष्टचारबाट मुक्त राख्ने प्रणसमेत गरे । ‘म आफू पनि भ्रष्टाचार गर्दिन, र अरुलाई पनि भ्रष्टाचार गर्न दिन्न।’ उनले अहिले जनताले काम गरेर देखाउन सक्ने नैतिकवान मान्छेलाई मत दिनुपर्ने बताए ।
सयौं कार्यकर्ता सहभागी छलफलमा उनले सुनकोशीलाई कसरी समृद्ध बनाउने भन्ने खाका आफूसँग भएको बताउँदै जनताको हरेक सुखदुःखमा साथ दिन तयार रहेको उल्लेख गरेका थिए । केन्द्रदेखि स्थानीय वडासम्म नेकपा एमालेविरुद्ध सत्ता गठबन्धन भए पनि त्यसले केही फरक नपर्ने उद्घोष गरेका थिए । सच्चा एमालेका कार्यकर्ताहरुले विगतमा पनि सदैव जनताको सेवक भएर काम गरेको र आगामी दिनमा झन् दृढ भएर आगाडि बढ्ने उनले बताएका थिए ।
उनले पार्टीबाट एक दुई जना अलग्गिए पनि त्यसको प्रभाव नपर्ने जिकिरसमेत गरेका थिए । उनी विगत तीन दशकदेखि चीनसँगको ब्यापार व्ययसायमा समेत संलग्न छन् ।