काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचनका लागि देशका ६ वटा महानगरमा गठबन्धनका दलहरुबीच भागवण्डा मिससकेको दावी गरेका छन्।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्।
‘देश निर्वाचन प्रक्रियामा होमिएको छ। तर फेरि निर्वाचन के हुन्छ भनेर आशंकाका रुपमा पनि हेरिएको छु, उनले भने, ‘निर्वाचन सर्दैन। वैशाख ३० गते नै हुन्छ।’
उनले अहिले आफू भर्खर बालुवाटारमा बसेको गठबन्धनको बैठकबाट आएको बताउँदै ६ वटा महानगरमा भागवण्डा मिलिसकेको पनि उल्लेख गरेका छन्।
‘भर्खरै म गठबन्धनको बैठकबाट आएको छु। सरकार र सरकारमा भएका पार्टी निर्वाचन सार्ने पक्षमा छैनन्’, उनले भने, ‘आज बेलुकासम्म हामी ६ वटै महानगरपालिका र ११ वटै उपमहानगरपालिकामा सहमति गर्छौँ।’
दाहालले ६ वटा महानगरमा सहमति भइसकेको पनि बताए।