काठमाडौं । अखिल नेपाल कबड्डी संघले नयाँ कार्यसमिति चयन गरेको छ ।
संघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै तुलसी थापाको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति चयन गरेको जानकारी दिएको हो ।
सघले, साधारण सभामार्फत एक महिना भित्र कार्यालय व्यवस्थापन ६ महिना भित्र २०३७ साल देखि २०८० सम्म सम्पन्न अन्तराष्ट्रिय कवड्डी पदकधारीलाई सम्मान गर्ने, अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगिता आयोजना गर्ने, प्रशिक्षक तालीम दिने तथा महिला शसक्तिकरण कार्यक्रमलाई निरन्तरता दिनेलगायतका निर्णय गरेको छ ।
‘


