काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ईञ्जिनयर प्रदीप भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगका प्रवक्ता नरहरि घिमिरले राहदानी विभागमा करारमा कार्यरत ईञ्जिनयर प्रदीप भट्टराई र एक सेवाग्राहीविरुद्ध घुस लेनदेनको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरिएको जानकारी दिए ।
राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागबाट राष्ट्रिय परिचयपत्र सहजीकरणको खटाइएका भट्टराईले राहदानी बनाएबापत् सुमी धामी भनेर चिनिने सुमित्रा सापकोटाबाट ३४ हजार घुस लिएको आरोपमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो । भट्टराई र सापकोटासँग ३४ हजार रकम बिगो दाबीसमेत गरिएको छ ।


