काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरणका एकजना कर्मचारीविरुद्ध भ्रष्टाचार मु्द्दा दायर गरेको छ। मंगलबार सुनसरी विद्युत प्राधिकरण,इनरुवा वितरण केन्द्रमा कार्यरत चौथो तहका विर्जकुमार महतोविरुद्ध अख्तियारले विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मु्द्दा दायर गरेको हो।
अख्तियारका प्रवक्ता भोला दाहालले अनुसन्धानका क्रममा विद्युतीय लाइन जोडि दिएवाफत सेवाग्राहीबाट घुस लिएको पुष्टि हुन आएकाले महतोविरुद्ध आरोपपत्र दायर गरिएको बताए।
गत भदौ १९ गते अख्तियारले महतोलाई २५ हजार घुससहित नियन्त्रणमा लिएको थियो।


