काठमाडौं । बागमती प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत रहेको प्रदेश सुशासन केन्द्र, ललितपुरले प्रदेश र स्थानीय तहमा कार्यरत ६५ जना अधिकृतस्तरका कर्मचारीहरूका लागि ३५ दिनको सेवाकालीन तालिमको शुभारम्भ गरेको छ ।
बागमती प्रदेश सरकारका प्रमुख सचिव श्री घनश्याम उपाध्यायले बागमती प्रदेश सरकारका विभिन्न निकायमा कार्यरत छैठौं तहका प्राविधिक तथा अप्राविधिक अधिकृतहरूका लागि संचालित सार्वजनीक प्रशासन र विकास व्यवस्थापन विषयक सेवाकालीन तालिमको गरेका हुन् ।
साथै, बागमती प्रदेशमा पर्ने स्थानीय तहमा कार्यरत सातौं र आठौं तहका अधिकृतहरूका लागि केन्द्रको जावलाखेलस्थित तालिम हलमा सञ्चालित विकास व्यवस्थापन तथा सेवा प्रवाहू विषयक तालिमको शुभारम्भ बागमती प्रदेश, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रदेश सचिव श्री शिवराम गेलालबाट भएको जनाइएको छ ।
