काठमाडौं । एमालेले सुरु गरेको मेची महाकाली पदयात्रा अन्तर्गत अध्यक्ष केपी शर्मा ओलीले सोमबार बिहान दैलेखमा पेट्रोलियम पदार्थ उत्खनन् क्षेत्रको अवलोकन गरेका छन् ।
अध्यक्ष ओलीले दुल्लु भैरवी १ स्थित पेट्रोलियम पदार्थ उत्खनन क्षेत्रको अवलोकन गरेका छन्।
एमालेले सुरु गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियान अन्तर्गत आज दिउँसो सुर्खेतको पार्टी कार्यालय परिसरमा जनसभाको आयोजना गरेको छ।


