काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आगामी दिनमा अर्थतन्त्र चलायमान हुने बताएका छन्।
अध्यक्ष ढकालले शुक्रबार काठमाडौंको नयाँ बानेश्वरमा अभिनेता दीपकराज गिरी, निर्मल शर्मा र दीपाश्री निरौलाको ‘आइएनआई सिनेमाज्’को उद्घाटन गर्दै यस्तो बताएका हुन्।
ढकालले अर्थतन्त्र यो भन्दा तल खस्किने ठाउँ नरहेको भन्दै अबका दिनमा लय समात्ने बताए।
उनले व्यवसायिक गतिविधि बढेमात्रै अर्थतन्त्र चलायमान बन्ने पनि बताए।


