काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अहिलेको अवस्थामा कुनै पनि राजनीतिक दलको एकल बहुमत आउने सम्भावना नरहेकाले गठबन्धन गर्नुपरेको बताएका छन् । पूर्व प्रधानमन्त्री उनले बुधबार कांग्रेस स्याङजा जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
उनले भने, ‘अहिले धेरै साथीहरु किन अरु पार्टीसँग मिल्ने भन्छन् अहिलेको संविधान अनुसार कुनै पार्टीको पनि बहुमत आउन गाह्रो छ । समानुपातिक र समावेशी व्यवस्था छ । सबैलाई राजनीतिमा ल्याउनुपर्छ । चुनाव जित्न नसक्नेहरुलाई समानुपाति समावेशी सिद्धान्तबाट ल्याउनुपर्छ ।’
एउटै पार्टीको बहुमत आउन गाह्रो भएपछि कुनैपनि पार्टीसँग मिल्नुपर्ने आवश्यकता बनेको बताए ।


