काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको वजेट अर्थतन्त्रलाई चलायमान बनाउनमा केन्द्रित रहने बताएका छन् ।
मन्त्री महतले मंगलबार राष्ट्रियसभा बैठकमा आगामी आर्थिक वर्षका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै अर्थतन्त्रलाई चलाउन बनाउनका लागि समयमा नै पुँजीगत खर्च र मौद्रिक नीति खुकुलो पार्दै अघि नीति अवलम्बन गरिने बताए ।
उनले समयमा नै पुँजीगत खर्च र मौद्रिक नीति खुकुलो पार्दै अघि बढेपछि राजस्वको दायरा बढ्ने धारणा राखे । अन्तिम समयमा मात्रै खर्च गर्ने प्रवृत्तिलाई अन्त्य गर्नका लागि पहिलो दिन देखि महिना महिनामा अनुगमन गर्ने उनले बताए ।


