काठमाडौं । आजबाट एक महिना लामो श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायण मेला सुरु भएको छ ।
काठमाडौंको साँखुस्थित शाली नदी, भक्तपुरको हनुमानघाटलगायत तीर्थस्थलमा विशेष मेला लाग्ने गर्छ । शाली नदी र हनुमानघाटमा सामूहिक रूपमा समेत एक महिना लामो व्रत बस्ने गरिन्छ ।


