काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार ३१.४९ अंकले घटेको छ । आज ६ अर्ब ३६ करोड बराबरको कारोबार भएको छ।
आज कारोबारमा आएका ३६ कम्पनीको सेयरमूल्य बढ्दा २०९ कम्पनीको घटेको छ।
आज हिमालयन रि–इन्स्योरेन्सको सर्वाधिक किनबेच भएको छ। आज कम्पनीको ७८ करोड ६३ लाख रुपैयाँको सेयर किनबेच भएको छ।


