काठमाडौं । सत्ता गठबन्धनको साझा उम्मेदवारका रुपमा राष्ट्रियसभाको अध्यक्षका उम्मेदवारी दिएका माओओवादी केन्द्रका सांसद नारायण दाहालले पार्टीमा आफूले गरेको योगदान अनुरुप नै यस्तो जिम्मेवारी पाएको बताएका छन् ।
अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीको जिज्ञाशामा उनले भने, ‘सामान्यतः प्रदेशको सह–इन्चार्जको जिम्मेवारीमा जाँदासमेत पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को परिवारसँग जोडेर हेर्ने गरिन्थ्यो, यो आरोप पहिलो पटक होइन ।’
आफू २०३६ सालदेखि राजनीतिक गतिविधिमा लागेकामा त्यो योगदानबारे थाहै नपाएका पक्षले आफूमाथि अरोप लगाएको जनाउँदै उनले भूमिकै नबुझी यसरी बारम्बार प्रश्न गर्दा कति न्याय होला भनी प्रश्न गरे।


