काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो चीन भ्रमणमा ऊर्जा क्षेत्रका सम्बन्धमा दूरगामी र महत्त्वपूर्ण सम्झौता हुने विश्वास विश्वास व्यक्त गरेका छन् ।
उनले शुक्रबार विद्युत् प्राधिकरणको ३८ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै छिमेकी मित्रराष्ट्र चीनसँग पनि चिलिमे–केरुङ २२० केभी प्रसारण लाइन निर्माणमार्फत जोडिन यससँगसँग सम्बन्धित अध्ययन कार्य पूरा गरी कार्यान्वयन तहमा प्रवेश गर्ने योजनाका साथ अघि बढेको जानकारी दिए ।
प्रधानमन्त्री प्रचण्डले एक हजार २०० मेगावाट क्षमताको बुढी गण्डकी जलाशय र १० हजार ८०० मेघावाट क्षमताको बहुआयमिक कर्णाली चिसापानी जस्ता ठुला जलविद्युत आयोजनाहरूको निर्माण अघि बढिरहेको जानकारी दिए।


