काठमाडौं । पोखारामा भएको आहा रारा गोल्डकपमा संकटा क्लब विजयी भएको छ । संकटाले पाहुना टोली भुटनिज युथ स्पोर्टस क्लब मिनेसोटा अमेरिकालाई पराजित गरेको हो ।
अतिरिक्त समयको दोस्रो हाफमा संकटाका कप्तान सुनिल बलले निर्णायक गोल गर्दै टिमलाई जित दिलाए। जित संगै संकटाले आहा रारा पोखरा गोल्डकपमा दोस्रो पटक उपाधि उचाल्यो। यस अघि संकटाले १९ औं संस्करणको उपाधि उचालेको थियो। त्यति बेला संकटाले विदेशी टीम अफ्रिकन रुट्सलाई पेनाल्टी सुटआउटमा पराजित गरेको थियो।
पोखरा रंगशालामा शनिबार भएको फाईनल खेल निकै प्रतिस्पर्धात्मक रहयो। दुई गोलले पछि परेको भुटनिज युथ कम्ब्याक गर्दै पहिलो हाफमै बराबरी गोल फकाउन सफल रहयो। दोस्रो हाफमा पनि भुटनिज युथले निकै राम्रो अवसर पाएर पनि उपयोग गर्न सकेन। संकटाको आक्रमणलाई पनि विफल बनाएको थियो। संकटाले खेलको पहिला गोल पहिलो हाफको ८ औं मिनेटमा गर्दै अग्रता लिएको थियो।


