काठमाडौं । सरकारले गृह मन्त्रालयको सचिवमा एकनारायण अर्याललाई सरुवा गरेको छ । उनलाई आज बसेको मन्त्रिपरिषद्को बैठकले गृहमा सरुवा गरेको हो । उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत थिए ।
गृह सचिव दिनेश भट्टराई भने प्रधानमन्त्री कार्यालयमा सरूवा गरिएको छ । अर्याल लामो समयसम्म गृह मन्त्रालय र मातहतका कार्यालयमा काम गरिसकेका प्रशासक हुन् । उनले यसअघि कोलकात्तामा महावाणिज्यदूतको रुपमा समेत काम गरिसकेका छन् ।


