काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताले फरक अनुभूति नगरे अहिलेसम्मको उपलब्धि धरापमा पर्ने टिप्पणी गरेका छन् ।
उनले बुधबार नेकपा माओवादी केन्द्रको केन्द्रीय सहकारी तथा गरिवी निवारण विभागको कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
दाहालले सरकारले लगभग पूर्णता पाइसकेको बताउँदै अबको दुई दिनभित्रमा पूर्ण रुपमा सरकार बिस्तार हुने बताए।
प्रधानमन्त्रीले अब गुणात्मक रुपमा र जनताले केही राहत पाउनेगरी बजेट निर्माण गर्ने प्रतिवद्धता जनाए।
जनताले फरक अनुभुति गर्न नसके अहिलेसम्मका सम्पूर्ण परिवर्तन धरापमा पर्नसक्ने पनि उनको भनाइ थियो।


