क्यालिफोर्निया । एनआरएनए क्यालिफोर्निया च्याप्टरले आयोजना गरेको भलिवल कपको उपाधि टेक्ससको टोलीले हात पारेको छ । आइतबार ( अप्रिल १२) सानफ्रन्सिस्कोमा सम्पन्न भएको खेलमा टेक्ससले न्यूयोर्कको टोलीलाई पारजित गर्दै विजयी भएको हो ।
अन्तिम खेलमा १५(१३ स्कोरमा उसले न्यूयोर्कलाई हराउँदै १२ हजार डलर पुरस्कार हात पार्न सफल भएको हो । बेस्ट अफ फाईवको खेलमा अन्तिम प्रतिस्पर्धाअघि २–२ जितसहित दुबै टोली बराबरको स्थितिमा थिए ।
खेलको उपबिजेताका लागि ७ हजार डलर पुरस्कार राखिएको छ भने तेस्रो स्थान प्राप्त गर्नेले ५ हजार र चौथो हुनेले २ हजार डलर पुरस्कार हात पार्नेछन् । यो खेल अमेरिकामा नेपाली समुदायमझ हुने सर्वाधिक पुरस्कार राशी मघ्येको प्रतियोगिता हो ।
यसैबीच विजेता– उपबिजेतासहित सम्पूर्ण सहभागी टोलीहरु र खेल सम्पन्न गर्न सघाउने सबै नेपाली समुदायप्रति आयोजक टोलीले धन्यवाद ज्ञापन गरेको छ ।
स्मरण रहोस् ( एनआरएनए क्यालिफोर्निया च्याप्टरले नेपाली नयां बर्षको उपलक्ष्यमा भोली आइतबार सानफ्रान्सिस्कोमा नेपाल डे परेडसहितको बृहत कार्यक्रम आयोजना गरेको छ । कार्यक्रम सफल पार्न देश बिदेशबाट पाहुनाहरु आईसकेको आयोजक हरुले बताएका छन् ।


