काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसबाट एनपी साउदले आज दिउँसो परराष्ट्र मन्त्रीको सपथ लिने पक्का भएको छ । उनको शपथ अपराह्न तीन बजे तोकिएको छ ।
परराष्ट्र मन्त्रीको रुपमा नेपाली कांग्रेसका एनपी साउदले शपथ ग्रहण गर्ने निश्चित भएको छ । अन्य मन्त्रीहरुको भने टुंगो लागेको छैन । प्रधानमन्त्री प्रचण्डको सचिवालयका एक सदस्यले भने, ‘अहिलेसम्म एनपी साउदको मात्र टुंगो लागेको छ, अन्य मन्त्रीको शपथ हुने नहुने टुंगो छैन ।’
गत पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डले १७ चैतमा सातौं पटक मन्त्रिपरिषद विस्तार गरेका थिए । त्यतिबेला ५ वटा मन्त्रालय प्रधानमन्त्री प्रचण्ड आफैं सम्हालेका थिए । आज साउद परराष्ट्रमन्त्री बनेपछि पनि सरकार अझै अपुरो हुनेछ ।
प्रधानमन्त्री प्रचण्डले निकट भविष्यमा गर्न लागेको भारत भ्रमणलाई लक्षित गरी परराष्ट्रमन्त्री नियुक्त गर्न लागिए पनि मन्त्रिपरिषदलाई पूर्णता भने यही वैशाख १० गते हुने उपनिर्वाचन पछि दिने तयारी प्रधानमन्त्री प्रचण्डको छ ।


