काठमाडौं । आज बिहान ११ बजे नेकपा एमालेको सचिवालय बैठक बस्दै छ ।
एमालेको केन्द्रीय समिति बैठक वैशाख २८ गतेदेखि सुरु हुँदैछ । वैशाख २८–३० गतेसम्म चल्ने केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्न सचिवालय बैठक बस्न लागेको एमाले नेता विष्णु रिजालले जानकारी दिए ।
बैठकमा समसामयिक राजनीतिका साथै नक्कली भुटानी शरणार्थी प्रकरण र पार्टीले देशभर सन्चालन गरेको ‘मिसन ग्रासरुट’ अभियानको समीक्षाबारे छलफल हुने एमालेले जनाएको छ । बैठकले आगामी केन्द्रीय समितिकिो बैठकको एजेण्डा तय गर्ने पनि बताइएको ।


