काठमाडौं । सर्वसम्मतको अधिकतम प्रयास असफल भएपछि नेकपा एमालेको वागमती प्रदेश अध्यक्षको मतदान हुने भएको छ ।
अरुले उम्मेदवारी फिर्ता लिएपछि अहिले कैलाश ढुंगेल र कृष्णप्रसाद दाहाल चुनावी मैदानमा छन्। निर्वाचन कमिटीले शुक्रबार बिहानै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ। एमाले बागमतीको अधिवेशनमा १ हजार १७४ मतदाता छन्। उनीहरुले पदाधिकारीसहित २ सय ४० सदस्यीय बागमती प्रदेश कमिटी छनोट गर्नेछन्।
रामेछापका ढुंगेल र मकवानपुरका दाहालबीचको यो प्रतिष्पर्धालाई निकै महत्वका साथ हेरिएको छ । दुवै उम्मेदवारले आफूले जित्ने दावी गरेका छन् ।


